शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार

एकैदिन ४२ विपद्का घटना, पहिरोमा परी तीन जनाको ज्यान गयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
एकैदिन ४२ विपद्का घटना, पहिरोमा परी तीन जनाको ज्यान गयो
काठमाडौं, साउन १२ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ । यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार