
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज भएको घटनाको छानबिनको माग गर्दै हिन्दुसंघ संस्था आबद्ध युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
कप्तानगन्जमा भएको घटनामा गोली लागेर एक हिन्दु युवाको ज्यान गएको भन्दै उनीहरुले घटनाको छानबिनको मागका साथ मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले प्रहरीको गोली हिन्दुलाई मात्रै किन भन्दै प्रश्न गरेका थिए । उनीहरुले जातीय द्वन्द्व रोक्नका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।