शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति प्रदेश कोसी प्रदेश

कप्तानगन्ज घटनाका मृतक र घाइतेलाई कोसी प्रदेश सरकारले सहयोग गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ साउन, २०८३ मा प्रकाशित
कप्तानगन्ज घटनाका मृतक र घाइतेलाई कोसी प्रदेश सरकारले सहयोग गर्ने
विराटनगर, साउन १३ :

कोसी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत दिने निर्णय गरेको छ ।

देवानगन्ज घटनाका सम्बन्धमा बुधबार विराटनगरमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा प्रदेश सरकारको निर्णयबारे जानकारी गराउदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनामा घाइते भएकाहरुलाई ५०/५० हजार रुपैया र आगजनी गरिएका घरपसलका परिवारलाई अधिकतम ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने समेत जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयको सिफारिश अनुसार राहत उपलब्ध गराइने बताए।

मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई एकजुट बनाई राख्न राजनैतिक दलहरुको सहभागितामा सद्भाव ¥याली आयोजना गर्न र सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउन आग्रह समेत गरे ।

देवानगन्जमा भएको घटनालाई लक्षित गरी कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सो सर्वपक्षीय बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ । बैठकले  आगामी दिनमा हुन सक्ने धार्मिक, जातिय र सामाजिक द्वन्द्व अन्त्य गर्न रणनीति बनाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार