
जनकपुर, साउन १४ :
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन भएको छ । कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक हिन्दु युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुर बजार क्षेत्र बन्द गराउदै प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले राजमार्ग लगाएत विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने केही स्थानमा साइकल र मोटरसाइलक समेत चलाउन रोक लगाएका छन् ।
प्रदर्शनकारीहरुले गृहमन्त्री राजीनामा माग गर्दै नारावाजी गरेका छन् । केहि स्थानमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।