सिरहा, साउन १४ :

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिका–२ का गणेश यादवको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना घाइते भएका छन् । प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। 
गोलबजारमा दुई समूहबीच झडप भएको थियो।  प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको बताउँदै गोली नचलाएको दाबी गरेको छ । स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थिति तनावपूर्ण बनेपछि सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।