मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार

ब्रोड पिकमा बेपत्ता ४ आरोहीको शव फेला, दुईजनाको पहिचान

बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
ब्रोड पिकमा बेपत्ता ४ आरोहीको शव फेला, दुईजनाको पहिचान
काठमाडौं, साउन १५ :

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा बेपत्ता भएका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।

चार जनाको शव फेला पारेकोमा दुई जनाको पहिचान खुलेको जनाइएको छ। जसमा नेपाली आरोही पुरबहादुर गुरुङ र ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीको पहिचान खुलेको हो।

बेपत्ता नेपाली आरोहीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही  निर्मल पुर्जा ‘निम्स दाइ’ पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यस्तै अमेरिकी नागरिक म्यालोरी गाइस, साथै ओमान र पाकिस्तानका पर्वतारोही छन्।अल्पाइन क्लबका महासचिव अयाज अहमद शिग्रीले चार जना पर्वतारोहीको सम्भावित स्थान जीपीएसमार्फत देखिएको बताएका छन्।

यसैबीच , सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो ।

पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेको हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ ।

बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार