आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते
काठमाडौं, साउन १७ :

मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०देखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् । ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् ,।

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।

यसैबीच, प्राधिकरणले  गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका,  ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार