मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

दुर्गा प्रसाईंको घोषणा : वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
दुर्गा प्रसाईंको घोषणा : वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने
काठमाडौं, साउन १७ :

राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाए। 

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए।  प्रसाईंले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाए । प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रष्ट पारे। 

उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्वहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्‍याए। प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरु सम्बोधन नभए व्यबस्था ढाल्ने सम्मको चेतावनी दिए ।प्रसाईंले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्वहालीका लागि एकै ठाउँमा उभिन अपिल गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार