बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

आगामी केही दिन वर्षाको गतिविधि बढ्ने, सतर्कता अपनाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
आगामी केही दिन वर्षाको गतिविधि बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं, साउन १८ :

आगामी केही दिन वर्षाको गतिविधि बढ्ने देखिएको जल तथा मौसम विज्ञान विभाग विभागले जनाएको छ । आगामी केहिदिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विभागले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको जानकारी दिइन् । आगामी तीन/चार दिनलाई पश्चिमी न्यून चापीय रेखा नेपाल नजिक हुने भएकाले देशैभरि चाहिँ वर्षाको गतिविधि बढ्ने देखिएको उनले बताइन् ।

प्रवक्ता पोखरेलले निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तटीय/तराई क्षेत्रमा बाढीको जोखिम रहने हुनाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरिन् । 
विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार