बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति प्रदेश कोसी प्रदेश

मुख्यमन्त्रीको विषयमा एमालेभित्र मतभेद, कोसी सरकार गठनमा सकस

वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम आफूले गर्ने कार्कीको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
मुख्यमन्त्रीको विषयमा एमालेभित्र मतभेद, कोसी सरकार गठनमा सकस
विराटनगर, साउन १८ :

कोसी प्रदेशको मुख्यमन्त्रीका विषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाई भएको छ । 

एमाले र नेकपाबीच भएको सहमतिपछि कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको छ । तर मुख्यमन्त्रीका विषयमा एमालेभित्र विवाद भएपनि सरकार गठनमा ढिलाई भएको हो । नेकपा एमाले र नेकपाबीच कोसी प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने वा अर्को अनुहार ल्याउने विषयमा एमालेभित्र विवाद छ । 

मुख्यमन्त्रीका विषयमा विवाद देखिएपछि नेकपा एमाले कोसी प्रदेश समितिले प्रदेश सांसदहरुसंग छलफल थालेको छ । नेकपा एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राईले एक देखि डेढ साता भित्रमा नेतृत्वबारे उठेको विवाद समाधान गरिने दाबी गरे । उनले पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन अक्षरशः पालना गराउन पार्टी र संसदीय दल भित्र छलफल सुरु गरिएको जानकारी दिए ।

यता कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने आफू निर्विकल्प नरहेको भएपनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम आफूले गर्ने बताए ।  उनले धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न आग्रह गरे ।

सांसदहरुको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरु सहभागी भएको प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिए । कोसी प्रदेशमा नेकपा एमालेका उपसभामुख सहित ४० जना प्रदेश सांसदहरु रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार