सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति भिडियो

धवलशमशेर नेतृत्वको ‘जय नेपाल पार्टी’ साउन २८ मा आयोगमा दर्ता हुँदै

‘राजनीति गर्ने राजसंस्था खोजेका होइनौं’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
धवलशमशेर नेतृत्वको ‘जय नेपाल पार्टी’ साउन २८ मा आयोगमा दर्ता हुँदै
काठमाडौं, साउन २१ :

‘जय नेपाल पार्टी’गठनको तयारी गरेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दु अधिराज्य बनाउने लक्ष्यका साथ ‘जय नेपाल पार्टी’ गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् । उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए ।

राणाले आफूहरुले राजनीति गर्ने राजसंस्था खोजेको नभइ अभिभावकीय र राष्ट्ररक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे।

सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा मान्दै आएको भन्दै उनले राजसंस्था हटेपछि देश संकटमा पुगेको उल्लेख गरे ।

साथै उनले हिन्दु राज्यलाई पुनःस्थापना गर्नको लागि नयाँ पार्टी जन्मिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार