बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

देउवाले असन्तुष्ट पक्षको भेलालाई सम्बोधन गर्ने

आगमनका क्रममा धरपकड भए प्रतिवाद गर्ने चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
देउवाले असन्तुष्ट पक्षको भेलालाई सम्बोधन गर्ने
फाइल तस्बिर ।
काठमाडौं, साउन २२ :

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. शशांक कोइरालाले भेला सम्बन्धी तयारीबारे जानकारी दिँदै देउवाले भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिएको निर्णयप्रति स्वागत व्यक्त गरे।  उनले अदालतको अन्तिम फैसलाले पार्टीले न्याय पाउने विश्वास व्यक्त गर्दै उक्त निर्णयले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह झन् बढाएको दाबी गरे।

कोइरालाले पार्टीको वैचारिक तथा सांगठनिक एकतालाई सुदृढ बनाउने उद्देश्यसहित साउन २९ देखि ३१ साउनसम्म भेला आयोजना गर्न लागेको  उल्लेख गर्दै प्रारम्भिक रूपमा १० देखि २० हजार सहभागी हुने अनुमान गरिए बताए।

पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै उनको आगमनका क्रममा कुनै प्रकारको धरपकड हुने सम्भावना नरहेको कोइरालाले बताए। यदि त्यस्तो अवस्था सिर्जना भए पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार