सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

कात्तिक ३ गते देखि बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

· बिहीबार, २ कात्तिक, २०८१ मा प्रकाशित
कात्तिक ३ गते देखि बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
रूपन्देही, कात्तिक २ :

बिपी कोइराला मेमोरियल कप, टी- २० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । 

दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ । 

एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ । 

विजयी टिमलाई पाँच लाख र उपविजेतालाई तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । 

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पाँच हजार प्रदान गरिनेछ । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रूपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकले विश्वास लिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार