बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ साउन, २०८३ मा प्रकाशित
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं, साउन २५ :

विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले थुनछेक बयानपछि कार्कीलाई १५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

पोखरा विमानस्थल निर्माणका क्रममा कर छुट दिएको विषयमा भ्रष्टाचार गरेको आरोपमा कार्कीविरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा बयानका लागि अदालत उपस्थित भएका कार्कीसँग विशेष अदालतले धरौटी माग गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार