शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार राजनीति

प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षक कार्कीबीच निर्वाचन सुरक्षाबारे छलफल

निर्वाचन सुरक्षाका सम्बन्धमा निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने प्रहरी महानिरीक्षक कार्कीले स्पष्ट पारे।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ साउन, २०८३ मा प्रकाशित
प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षक कार्कीबीच निर्वाचन सुरक्षाबारे छलफल
काठमाडौं, साउन २६ :

निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।

आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना दिए । महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गरे । यही साउन १४ गते प्रमुख आयुक्त र आयुक्तद्वयले पदबहाली गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार