बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

नेपाली कांग्रेसका पूर्वसभापति देउवा स्वदेश फर्किए

विमानस्थलमा संस्थापन इतर पक्षका नेता कार्यकर्ताद्वारा स्वागत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
नेपाली कांग्रेसका पूर्वसभापति देउवा स्वदेश फर्किए
काठमाडौं, साउन २८ :

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। 

करिब पाँच महिना लामो विदेश बसाइपछि उनी बैंककबाट स्वदेश फर्किएका छन्। कांग्रेस संस्थापन इतर पक्षका नेता-कार्यकर्ता तथा समर्थकहरू बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर उनको स्वागत गरेका छन् । 

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्। तर वर्तमान सभापति गगनकुमार थापा लगाएतका पदाधिकारीहरु भने स्वागतका लागि गएको देखिएन ।

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेका देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनको घरमा समेत आगजनी गरी क्षति पुर्‍याइएको थियो। उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने नेपाल फर्किएकी छैनन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि यसअघि नै पत्र काटिसकेको छ । पक्राउ पर्नसक्ने डरले पनि उनी आएको हुन सक्ने राजनीतिक वृत्तमा अनुमान गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार