बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

सक्रिय न्युज · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
कास्की, साउन २९ :

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् ।

गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए ।

“मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भने । उहाँका अनुसार घटनाको जानकारी पाएपछि  राति १:२७ बजे प्रहरीचौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा चार जनाको टोली उद्धारका लागि खटिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको प्रशासनले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पानीको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।  

यसैगरी मोदी खोलाको बाढीले अन्नपूर्ण–८ स्थित विरेठाँटी नजिक बाटो कटान गर्दा नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको सहायक प्रजिअ बरालले जानकारी दिए। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार