काठमाडौं, साउन ३० :

शनिबार बिहान इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा ३८ जनाको मृत्यु भएको छ।  

अहिले खोज तथा उद्धार कार्य जारी रहेकाले यो प्रारम्भिक विवरण मात्र भएको  जनाईएको छ।

भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण क्षेत्रका विभिन्न भवनहरूमा क्षति पुगेको छ।

शनिबार स्थानीय समयअनुसार बिहान ५ बज्न केही मिनेटअघि फ्लोरेस द्वीपमा भूकम्प गएको थियो। इन्डोनेसियाको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा थियो।

भूकम्प गएको क्षेत्र बालीबाट करिब १ हजार किलोमिटर टाढा रहेको छ।

भूकम्पको केन्द्र जति कम गहिराइमा हुन्छ त्यसको सतहमा पर्ने प्रभाव सामान्यतया त्यति नै बढी विनाशकारी हुने गर्छ।

उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू पनि महसुस भएका थिए जसमा ६.१ म्याग्निच्युडको परकम्प समेत रहेको थियो।