बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

न्यायलयले बचाएकै कारण नेपाल आएको हुँ : देउवा

‘विमानस्थलमा गरिएको स्वागत र भेलामा सद्भाव राख्नेहरूलाई कहिल्यै बिर्सन सक्दिन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ साउन, २०८३ मा प्रकाशित
न्यायलयले बचाएकै कारण नेपाल आएको हुँ : देउवा
फाइल तस्बिर ।
काठमाडौं, साउन ३१ :

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायलयले आफूलाई बचाएकै कारणले नेपालमा आएको बताएका छन् ।

कांग्रेसको संस्थापन इतरले आयोजना गरेको सम्मेलनको आइतबार समापन समारोहमा आज बोल्दै देउवाले न्यायलयले पटक-पटक आफूलाई न्याय दिएको र यसपटक पनि न्याय पाउँछु भन्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘मलाई विश्वास छ- अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु।’

विशेष महाधिवेशको विरुद्धमा देउवाले सर्वोच्च अदालतमा निवेदन दिएकाले सर्वोच्चले अघिल्लो फैसलालाई पुनरावलोकन गर्ने भएको छ  । 
जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियोको उनको भनाइ छ ।

देउवाले भने, ‘राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो। अहिले पनि न्यायलयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।’देउवा सिंगापुरमा उपचार गराएर ५ महिनापछि हालैमात्र स्वदेश फर्किएका हुन्।

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणबाट घाइते भएका देउवा दम्पती आम निर्वाचनको केहीदिन अघि उपचारका लागि सिंगापुर गएका थिए । उनले स्वदेश फर्कँदा विमानस्थलमा गरिएको स्वागत र भेलामा सद्भाव राख्नेहरूलाई आफूले कहिल्यै बिर्सन नसक्ने पनि बताएका थिए।

उनले सनातन हिन्दु राष्ट्रको बारेमा पनि आफ्नो प्रष्ट धारणा व्यक्त गरेका छन् । उनले धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्दै आफू हुँ भन्दै व्रतबन्धदेखि विवाह पनि हिन्दु परम्परा अनुसार नै गरेको बताए ।

देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। ब्रतबन्ध गरेको हो, हिन्दु परम्पराअनुसार विवाह गरेको हो। पशुपति जान्छु, पूजा गर्छु। के हुने नहुने भन्ने जनताको कुरा हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार