काठमाडौँ, कात्तिक २ :

काठमाडौँमा अहिले जारी साफ महिला च्याम्पिएनशिपमा भारत र पाकिस्तानबीच खेल जारी छ ।

मध्यान्तरसम्मको खेलमा भारतले ४ गोल गर्दा पाकिस्तानले १ गोलमात्र फर्काएको छ ।

खेलको शुरुवातसँगै दवाबमा रहेको पाकिस्तानले ४५ औँ मिनेटमा पेनाल्टीमार्फत १ गोल फर्काएको हो ।

पहिलो हाफसम्मको खेलमा भारतको अघि पाकिस्तान निरिह बनेको छ । 

भोलि नेपाल र भुटानबीचको खेल हुनेछ ।