
जाजरकोट, साउन ३१ :
नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ ।
पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको उद्धार तथा चार शव निकालेको निर्देशनालयले जनाएको छ ।
र यो पनि…
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने