बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन #मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन
राजनीति

सभापति गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन

अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संसोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
सभापति गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
कांग्रेस प्रवक्ता देवराज चालिसे : फाइल तस्बिर ।
काठमाडौं, भदौ २ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ ।  सभापति थापाको नेतृत्वको  व्यवस्थापन समितिमा आवश्यक सदस्य पछि थपिने जनाइएको छ।

यसैगरी महाधिवेशन प्रचार प्रसार समिति पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको छ । काग्रेसको विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संसोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए । यसैगरी बैठकले महाविधेशनका लागि गठिन मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति थापाले पेस गर्ने र जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिए ।

यस्तै, कांग्रेसले संविधान संसोधन सुझाव आयोग गठन गर्न माग गरेको छ ।गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संसोधन सुझाव आयोग गठन गर्न माग गरेको हो । सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामा संविधान संशोधनलाई अघि बढाउनुपर्ने भएपनि सरकार यसतर्फ गम्भीर नदेखिएको कांग्रेसको ठहर छ ।

बैठकले संसद तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । सरकारलाई संविधान र कानूनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता कायम गर्न तथा नागरिक एवम् जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न माग गरिएको उनले बताए । त्यस्तै बैठकले पारदर्शिताका नाममा सार्वजिनक आह्वान गरी गरिएका नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै गम्भीर चासो व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार