आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा पौडेल
काठमाडौं, भदौ ३ :

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष प्रा.डा पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत छन् । यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार