बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहसँग धवल शम्शेरको दुई घण्टा कुराकानी, सबैलाई समेटेर अघि बढ्न सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्र शाहसँग धवल शम्शेरको दुई घण्टा कुराकानी, सबैलाई समेटेर अघि बढ्न सुझाव
तस्बिर स्रोत : धवल शम्शेर राणा।
काठमाडौं, भदौ ७ :

नवगठित ‘जय नेपाल पार्टी’का सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । शनिबार हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएका राणाले पूर्वराजासँग करिब दुई घन्टा ‘वान टू वान’कुराकानी गर्ने अवसर पाएका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुका साथै राणाले नवगठित पार्टी दर्ता, संगठन निर्माण र गतिविधिका बारेमा पूर्वराजा शाहलाई जानकारी गराएका थिए । सो अवसरमा पूर्वराजा शाहले सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएको पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीले बताए । 

दुर्गा प्रसाईं नगएपछि राणाले केही दिनअघि मात्रै निर्वाचन आयोगमा सो पार्टी दर्ताका निवेदन दिएका छन् । प्रसाईं र राणाले मिलेर पार्टीको ‘नाम जय नेपाल पार्टी’ गरेका थिए । तर पार्टी दर्ता नहुँदै विभाजन भएर राणाले एकलौटी रुपमा दर्ता गराएका हुन् । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै सो पार्टीले देशव्यापी हस्ताक्षर अभियान सुरु गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार