बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रचण्ड भन्छन्- राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा, कम्युनिस्ट एकतामा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
प्रचण्ड भन्छन्- राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा, कम्युनिस्ट एकतामा जोड
फाइल तस्बिर ।
काठमाडौं, भदौ ७ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन्। उनले यस्तो परिस्थितिबाट मुलुकलाई निकास दिन कम्युनिस्ट शक्तिबीच सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्।

आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका सवाल तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण अवस्था सिर्जना भएको बताए।

उनका अनुसार देशको वर्तमान संकट समाधान गर्दै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकता महत्वपूर्ण आधार बन्न सक्छ। उनले विगतका राजनीतिक कमजोरीका लागि एक–अर्कालाई आरोप लगाउनेभन्दा सबै दल तथा शक्तिले सामूहिक रूपमा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनसँग कम्युनिस्ट आन्दोलनको सम्बन्ध अत्यन्त निकट रहेको उल्लेख गर्दै साझा निकासका लागि गम्भीर चिन्तन र छलफल गर्न कार्यक्रममा सहभागी विभिन्न दलका प्रतिनिधिलाई आग्रह गरे। उनले राष्ट्रिय स्वाधीनताको वर्तमान चुनौती सामना गर्न राजनीतिक शक्तिहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार