बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टाछुट्टै पूरक निवेदन दर्ता, पेसी ११ गतेलाई तोकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ भदौ, २०८३ मा प्रकाशित
महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टाछुट्टै पूरक निवेदन दर्ता, पेसी ११ गतेलाई तोकियो
काठमाडौं, भदौ ९ :

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा पूरक निवेदन पेस गरेकोमा आज दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको छ। कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्न अनुमति दिएपछि पनि एकलौटी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाइएको भन्दै देउवा–खड्का पक्षले त्यसलाई रोक्न माग गरेको हो।

यसअघि कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई सुरुबाटै सुनुवाइ गर्न अनुमति दिएको थियो। त्यसपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै इतर समूहले सोमबार सर्वोच्चमा पूरक रिट निवेदन दायर गरेको हो। सर्वोच्चका प्रवक्ता कोइरालाका अनुसार निवेदनमाथिको सुनुवाइ आगामी ११ गतेका लागि तोकिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार