आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने #गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने
राजनीति

प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणको रिपोर्टसहित कालो चस्मामै संसद् जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणको रिपोर्टसहित कालो चस्मामै संसद् जाने
फाइल तस्बिर ।
काठमाडौं, भदौ ९ :

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बुधबार प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ।

सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमैार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। स्वास्थ्यका कारण चस्मा लगाउनुपर्ने अवस्था भए त्यसको कारण खुल्ने स्वास्थ्य परीक्षण रिपोर्टसहित जानकारी गराउन सभामुखले आग्रह गरेका थिए।

सोही आग्रहअनुसार प्रधानमन्त्री शाहले आँखामा समस्या रहेको जनाउँदै स्वास्थ्य परीक्षणको रिपोर्टसहित संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन्। उज्यालो प्रकाशमा हेर्न असहज हुने समस्या देखिएपछि उनले गत साउन २२ गते छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।

नेत्ररोग विशेषज्ञ एसोसिएट प्रोफेसर लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणपछि तयार पारिएको रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालो प्रकाशमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने समस्या देखिएको उल्लेख छ। चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास प्रयोग गर्न तथा आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्।

रिपोर्टअनुसार प्रधानमन्त्रीलाई आवश्यकताअनुसार कार्बोक्सिमिथाइलसेल्युलोज ०.५ प्रतिशतको आई ड्रप प्रयोग गर्न सिफारिस गरिएको छ।

चिकित्सकको सिफारिससहितको स्वास्थ्य रिपोर्ट प्रधानमन्त्री कार्यालयले साउन २६ गते संघीय संसद् सचिवालयमा पठाएको थियो। संसद् सचिवालयले पनि उक्त रिपोर्ट प्राप्त भएको जनाएको छ।

स्वास्थ्य परीक्षणको रिपोर्टमा चिकित्सकीय कारण देखिएपछि प्रधानमन्त्री शाह बुधबारको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मामै सहभागी हुने भएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार