सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

सर्वोच्च अदालतको नयाँ भवनबाट हामफाल्न खोज्ने राईको सकुशल उद्धार

मुद्दा हारेपछि उनी सुसाइड नोटसमेत लेखेर नयाँ भवनको पाँचौं तल्लामा पुगेका थिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ भदौ, २०८३ मा प्रकाशित
सर्वोच्च अदालतको नयाँ भवनबाट हामफाल्न खोज्ने राईको सकुशल उद्धार
काठमाडौं, भदौ ९ :

मुद्दा हारेपछि सर्वोच्च अदालतको भवनबाट हामफालेर आत्मह*त्या गर्ने प्रयास गरेका एक व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेको छ ।

सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गर्ने व्यक्ति लालबहादुर राई रहेको खुलेको छ। राईले  ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध भएको फैसला सदर भएपछि यस्तो प्रयास गरेको प्रहरीले जनाएको छ।

अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले राईले दायर गरेको मुद्दामा यसअघि भएको फैसलालाई नै सदर गर्ने निर्णय गरेको थियो। फैसलापछि राईले ‘सर्वोच्च अदालतले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ।

सुसाइड नोट लेखेर उनी सर्वोच्च अदालतको नयाँ भवनको पाँचौँ तल्लामा पुगेका थिए। त्यहाँबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरेका हुन्। उद्धार गरिएका राईलाई अहिले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार