बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

रसुवा भोटेकोशीमा बाढीमा स्वास्थ्य कर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाईयो

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
रसुवा भोटेकोशीमा बाढीमा स्वास्थ्य कर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाईयो
काठमाडौं, भदौ १० :

तिब्बतमा हिमपहिरो जाँदा रसुवा भोटेकोशीमा बाढीमा स्वास्थ्य कर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको छ ।

आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकमा उद्धारका लागि सम्बन्धीत सवै निकायलाई तयारी अवस्थामा बस्न समेत निर्देशन दिइएको छ । स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको र  निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र नजान निर्देशन दिइएको छ भने ड्रोन एसोसिएसन र र्याफ्टिङ एसोसिएसनलाई तयारी अवस्थामा परिचालन गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिईन् । बुधबार बिहान करिब ८:४० बजे रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको बाढीबारे कमान्ड पोस्टलाई ९ बजे जानकारी प्राप्त भएको उनले बताईन् ।  

बाढीले प्रहरी चौकी, भन्सार कार्यालय र हेल्थ पोस्टहरूमा असर पुर्याएको समेत प्रवक्ता महतले बताईन् ।

बाढीका कारण एनटिसी र एनसेलका टावरहरूमा क्षति पुगेकाले पूर्ण क्षतिको यकिन विवरण आउन बाँकी रहेको समेत महतले बताईन् । तिब्बततर्फ हिमपहिरो वा हिउँ पग्लिएर थुनिएको नदी एक्कासि खुल्न गई बाढी आएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार