मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
राजनीति

पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्वीकार्छौं : प्रकाशमान सिंह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्वीकार्छौं : प्रकाशमान सिंह
काठमाडौं, भदौ १० :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्वीकार्ने स्पष्ट पारेका छन् ।

मंगलादेवी सिंहको स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित माल्यापर्ण कार्यक्रममा नेता सिंहले पार्टीको विधान र कानुनविपरीत विशेष महाधिवेशन भएको भन्दै यस विषयमा न्यायपालिकाको निर्णय स्वीकार्ने स्पष्ट पारेका हुन् । 

उनले पार्टीको विधान र कानुनविपरीत ४० प्रतिशत हस्ताक्षरको विषयलाई जबर्जस्ती टेकेर विशेष महाधिवेशन गरिएको र यसले पार्टीलाई अनावश्यक विवादमा फसाएर कमजोर बनाएको जिकिर गरे। नेता सिंहले संस्थापन पक्षले भाषणमा पार्टी मिलाउँछु भन्ने तर वार्ताको नाममा महिनौँ बेपत्ता हुने गरेको आरोप लगाए । उनले विगतमा निर्वाचन आयोग र अदालतको प्रारम्भिक प्रक्रियालाई आफूअनुकूल व्याख्या गर्नेहरूले अहिले मुद्दा अघि बढेपछि ‘कार्यकर्ता र जनतामाझ जानुपर्छ’ भन्न थालेको टिप्पणी गरे ।

पार्टी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै वैधानिक नेतृत्वमा अघि बढ्नुपर्ने र कांग्रेसको ऐतिहासिक मूल्य, मान्यता तथा संस्कार बोकेको विचार नै स्थापित हुनुपर्ने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार