काठमाण्डौँ , कात्तिक ३ :

सन्दीप लामिछाने आज अमेरिका जादै छन् । नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै सन्दीप आज राति अमेरिका जान लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञप्तिमार्फत जनाएको छ ।  

त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग- २ खेलेर अमेरिका पुगिसकेका छन् । लामिछानेले नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर समेत हुन् ।