मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
राजनीति

विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो : प्रचण्ड

सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो : प्रचण्ड
काठमाडौं, भदौ ११ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपत्तिका बेला दलीय मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो रहेको समेत बताए । रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटबाट पार पाउन सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

बाढीपहिरोका कारण भएको भयानक मानवीय र भौतिक क्षतिको यस कठिन घडीमा सबै पक्ष समझदारीका साथ अघि बढ्नुपर्ने र यस नकारात्मक घटनालाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्ने उनले बताए ।

उनले विपद् लगत्तै प्रधानमन्त्री तथा गृहमन्त्रीले देखाएको तत्परता र सक्रियता राम्रो देखिएको भन्दै राहत तथा उद्धारमा निरन्तर खटिनुपर्नेमा जोड दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार