सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद फुटबल

नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

· शुक्रबार, ३ कात्तिक, २०८१ मा प्रकाशित
नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो
काठमाण्डौँ, कात्तिक ३ :

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । 

दशरथ रंगशालामा भएको खेलमा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण पनि गोल गर्न भने सकेन ।

साफ च्याम्पियनसिप कै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

यसअघि साफको ६ संस्करणमा खेलेको समूह चरणको सबै खेलमा नेपालले कम्तिमा १ गोल भने गरेको थियो ।

समूह बी अन्तर्गत नै आज नै पहिलो  भएको पहिलो खेलमा श्रीलंकाले माल्दिब्सलाई १-० ले हराएको थियो ।

यस नतिजाले श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ ।

नेपाल र भुटान १-१ अंक सहित दोस्रो स्थानमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत भोली भने  कुनै खेल हुने छैन । अब आइतबार साँझ ५:३० बजे बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार