सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

महिला टी- २० विश्वकपः उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

· शनिबार, ४ कात्तिक, २०८१ मा प्रकाशित
महिला टी- २० विश्वकपः उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने
काठमाण्डौँ , कात्तिक ४ :

वेस्ट इन्डिजलाई ८ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी- २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रनमात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि दिन्द्रा डोटिनले सर्वाधिक ३३ रन बनाइन् । न्युजिल्यान्डका लागि इडन कार्सनले ३ विकेट लिइन् ।

त्यसअघि यूएईको शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डकी जर्जिअ प्लिमेरले ३३ रन बनाइन् । वेस्ट इन्डिजकी दिन्द्रा डोटिनले ४ विकेट लिइन् ।

न्युजिल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिका लागि आइतबार दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अस्ति बिहीबार साविक विजेता अस्ट्रेलियालाई हराउँदै दोस्रो पटक फाइनलमा पुगेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार