सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
राजनीति

प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता

विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता
काठमाडौं, भदौ १९ :

प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ । आज बिहान भएको उक्त टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे । साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गरे । खासगरी अष्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकामा तथा आर्थिक सहयोग गरेकामा आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजीकार्य तीव्र पारिरहेको बताए । उनले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए । संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार