काठमाण्डौं, कात्तिक ५ :

अमेरिकामा जारी नेपाल र अमेरिकाबीचकाे  टि ट्वान्टी आइ सिरिजको  दोस्रो खेलमा नेपालले  १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाले अहिले ब्याटिङ गर्दैछ ।

यसअघि अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा  १७० रन जोडेको हो । नेपालका कुशल भुर्तेलले अविजित ९२ रन  जोड्ने क्रममा ६ छक्का र ७ चौका प्रहार गरे।

यसैगरी अनिल शाहले २५ रन  जोडे भने गुलशन झाले १९ रन तथा कप्तान रोहित पौडेलले १८ रनमा आउट भएका थिए। करण केसीले ६ रन जोडे भने दिपेन्द्र सिह एरीले २ रन बनाए।