
CAN
काठमाडौँ, कात्तिक ५ :
टी-२० आई सिरिजको दोश्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ। अमेरिकामा जारी नेपाल र अमेरिकाबीचकाे टि ट्वान्टी आई सिरिजको दोश्रो खेलमा नेपालले सुपर ओभरमा रोमान्चक जित निकालेको हो । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला आफ्नो पक्षमा पारेको छ। अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको नेपालले अमेरिका सामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अमेरिकाले पूरै ओभर खेलेर १७० रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजको विजयी शुरुवात गरेको थियो ।