
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराको सहिद चोकमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले चोकमा प्रदर्शन गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सो पार्टीका सभापति लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराईदैछ ।
हिजो शनिबार बिदा परेकाले लामिछानेलाई आज अदालत लैजान लागिएको हो ।
यसैगरी अर्कोतर्फ सहकारी पिडितहरुले पनि प्रदर्शन गरेका छन् । दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलेले संयमता अपनाउन अपिल गरेका छन् ।
उहाले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।
पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।