शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

हरितालिका तीज पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै, शिव मन्दिरहरुमा भक्तजनको भिड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ भदौ, २०८३ मा प्रकाशित
हरितालिका तीज पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै, शिव मन्दिरहरुमा भक्तजनको भिड
काठमाडौं, भदौ २९ :

नेपाली हिन्दु महिलाहरुको पवित्र धार्मिक, सांस्कृतिक पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाउने हरितालिका तीजको अवसरमा काठमाडौं उपत्यकाका पशुपतिनाथ लगायतका देशभरका विभिन्न शिव मन्दिरमा विशेष पूजा तथा दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।

विशेषगरी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी परिवारमा सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गरेर यो पर्व मनाउँने गरिन्छ । तीजका अवसरमा महिलाहरु विहानै देखि स्नान गरी शुद्ध वस्त्र धारण गरेर शिवालय तथा विभिन्न धार्मिक स्थलमा शिवको पूजाअर्चना गर्ने गरिन्छ । पूजामा शिवलाई मन पर्ने बेलपत्र, धतुरो, फूल, अक्षता, फलफूल तथा विभिन्न पुजा सामग्री अर्पण गर्ने गर्दछ ।

तीजको धार्मिक सम्बन्ध विशेष गरी भगवान शिव र पार्वतीसंग जोडिएको छ । धार्मिक मान्यता अनुसार हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा प्राप्त गर्न कठोर तपस्या गरी आफ्नो मनोकांक्षा पूरा गर्न गरेको तपस्या र ब्रतलाई स्मरण गरी हरितालिका तीज मनाउने गएिको विश्वास गरिन्छ ।

तीज धार्मिक पर्व मात्र नभइ नेपाली महिलाहरुको सांस्कृतिक अभिब्यक्तिको महत्वपूर्ण अवसर पनि हो । आफूले भोगका दुःख, पीडा, पारिवारिक अवस्था र आफ्ना अनुभव तीज गीत र नृत्यमा प्रस्तुत गर्दै एकआपसमा सुखदुःख साट्दै उल्लासका साथ शुभकामना आदान प्रदान गर्ने दिनका रुपमा हेरिंदै आएको छ ।

तीजको अघिल्लो दिन दर खाने परम्परा रहेको छ । माइती तथा आफन्तले छोरी चेलीलाई बोलाएर विभिन्न परिकार खुवाउने र शुभकामना आदान प्रदान गर्ने चलन छ । यसले पारिवारिक सम्वन्ध र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार