
काठमाडौं, भदौ ३० :
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे सिंहदरबारमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । उनीहरु बीच आजको सभाको बैठक सुरु हुनुअघि भेटवार्ता भएको हो ।