आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन प्रमुख प्रतिपक्षी दलका नेताद्वारा सभामुखको ध्यानाकर्षण

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई पनि अघि बढाउन सभामुखलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० भदौ, २०८३ मा प्रकाशित
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन प्रमुख प्रतिपक्षी दलका नेताद्वारा सभामुखको ध्यानाकर्षण
काठमाडौं, भदौ ३० :

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बित्दा समेत कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

समिति सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार, व्यवस्थित र पहुँच नपुगेका ठाउँमा राहत पु¥याउन सहयोगी बन्ने उनले बताए । उनले एक साताभित्र उच्चस्तरीय संसदीय समिति बनाउन आग्रह गरिएको बताए । त्यस्तै आङ्देम्बेले विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई अघि बढाउन पनि सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

त्यसैगरी उनले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत तल्लो तहदेखि केन्द्रसम्मको कार्यतालिकाबारे सभामुखलाई औपचारिक जानकारी गराइएको उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार