काठमाडौं, भदौ ३० :

सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको विषयमा विपक्षी दलका सांसदहरुले नियमापत्ति जनाएका छन् । यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने भन्दै आपत्ति जनाए ।नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाउँदै  सभामुख डोलप्रसादको ध्यानाकर्षण गराए ।

मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेकपा सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि यसअघि यसैगरी बैठक चलिरहेको समयमा सरासर भित्र पसेर नियमको उल्लंघन गरेका थिए । नियमावलीको नियम २० मा  कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने पनि नियम छ ।