मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन
काठमाण्डौँ , कात्तिक ५ :

व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो ।

उहाँले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउन भएको थियो । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार