शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : धनन्जय रेग्मी

नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : धनन्जय रेग्मी
काठमाडौं, भदौ ३१ :

रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद रेग्मीले प्रधानमन्त्रीको आसन्न राष्ट्रसंघ महासभा भ्रमणमा नेपालले क्षतिपूर्ति माग्ने शैलीमा भन्दा पनि वैज्ञानिक तथ्य र डेटाका आधारमा संसारलाई नै नेतृत्व गर्दै जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका हुन्। 

नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको उनले बताए  । साथै उनले इसिमोड लगायत अमेरिका, चीन, र भारतका सरकारी लगानीका विश्वविद्यालय तथा इन्स्टिच्युटका ‘पियर–रिभ्युड’ जर्नलहरूले समेत हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भई हिउँ पग्लने दर उच्च भएको पुष्टि गरेको उल्लेख गरे ।

नेपालका विश्वविद्यालय, इसिमोड, र अनुसन्धान संस्थाहरूका वैज्ञानिक डेटालाई एकीकृत गरी एउटै बलियो राष्ट्रिय धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले सरकारलाई सुझाव दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार