आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति अर्थतन्त्र

देशको अर्थतन्त्र धानेको निजी क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ असोज, २०८३ मा प्रकाशित
देशको अर्थतन्त्र धानेको निजी क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
काठमाडौं, असोज १ :

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटन गर्दै सभामुख अर्यालले विगत लामो समयदेखि निजी क्षेत्रले नै सम्पूर्ण व्यावसायिक जोखिम मोलेर देशको अर्थतन्त्र धानेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका हुन् । 

्उनले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र सहरीकरण भइरहेकाले नयाँ विकास र निर्माणको ठूलो सम्भावना रहेको बताए । रियल इस्टेट आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनले बताए । उनले व्यवसायीहरूको प्रमुख समस्याका रूपमा रहेको ‘हदबन्दी’ को विषयमा सरकार गम्भीर रहेको भन्दै यसको छिट्टै समाधान निकालिने विश्वास व्यक्त गरे ।

 नयाँ पुस्तालाई आकर्षित गर्न यस पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले हालैको बाढीका कारण पाँच वर्षको पुँजीगत खर्चले पनि नभ्याउने गरी ठूलो भौतिक क्षति भएको भन्दै विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण र आर्थिक पुनरुत्थानमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा सुरु प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि लगाएतका स्टल रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार