आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

आर्थिक पुनर्जागरण र पुनर्निर्माणको सङ्कल्प प्रस्ताव संसद्बाट तत्काल पारित गरियोस् : सांसद अधिकारी

राष्ट्रियता, सार्वभौमिकता कुनै दल विशेषको मात्र एजेन्डा हुन सक्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ असोज, २०८३ मा प्रकाशित
आर्थिक पुनर्जागरण र पुनर्निर्माणको सङ्कल्प प्रस्ताव संसद्बाट तत्काल पारित गरियोस् : सांसद अधिकारी
काठमाडौं, असोज १ :

रास्वपा सांसद लिमा अधिकारीले आर्थिक पुनर्जागरण र पुनर्निर्माणको सङ्कल्प प्रस्ताव संसद्बाट तत्काल पारित गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद अधिकारीले इतिहासमा ठूला पुनर्जागरणहरू विध्वंस र सङ्कटकै भग्नावशेषबाट जन्मिएको स्मरण गराउँदै विपद्लाई आर्थिक पुनरुत्थानको प्रस्थानविन्दु बनाउनुपर्ने धारणा समेत राखिन्।

उनले क्षतिग्रस्त आयोजनाहरूको हकमा पुनर्निर्माण, द्रुत बिमा भुक्तानी, कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण र विशेष आर्थिक प्याकेज कार्यान्वयन गरिनुपर्ने बताइन् ।

भोटेकोशीको विनाशकारी बाढीले रणनीतिक सडक, उत्तरी नाका र आपूर्ति शृङ्खला अवरुद्ध पार्दै मुलुकको कमजोर अर्थतन्त्रमाथि थप गम्भीर आघात पुराएको उनले बताइन् ।

उनले फरक–फरक दल र विचार भए पनि राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा, परराष्ट्र सम्बन्ध र राष्ट्रिय अर्थतन्त्र कुनै दल विशेषको मात्र एजेन्डा हुन नसक्ने धारणा राखिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार