काठमाडौं, असोज १ :
प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।
उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए ।
यसअघि ३० दफा रहेको उक्त विधेयकका नौ दफामा संशोधन र एउटा दफा परिमार्जन गरी समितिले सर्वसहमतिले पारित गरेको थियो । उक्त विधेयकमाथि १३ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने