
कास्की, कात्तिक ५ :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।
म्यादबारे अब केहीबेरमा आदेश आउने अदालत स्रोतले जनाएको छ । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए ।