नवलपुर, असोज २ :

१५औँ महाधिवेशनको निकटमा नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छ्न् । 

शुक्रबार पत्रकार सम्मेलन गरी नेपालीले  युवालाई अगाडि बढाउन प्रेरित गर्दै  अब आफू सक्रिय राजनीति नगर्ने घोषणा गरे । पदको प्रतिस्पर्धाबाट अलग भए पनि पार्टीप्रतिको आफ्नो भूमिका र जिम्मेवारी भने निरन्तर रहने बताएका छन् ।

५५ वर्षदेखि कांग्रेसबाट राजनीति गरेका उनी गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री समेत हुन् । उनी दुई कार्यकाल केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।  कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज ३ र ४ देखि सुरु हुँदैछ ।