कास्की, कात्तिक ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति  दिएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । 

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सो अनुमति दिएको हो । 

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । पक्राउ परेकाे दिनबाट ६ दिनलाई गन्दा आजबाट म्याद थपको दिन  ३ दिन हाे।